सूर्या लाइफको बुक क्लोज जेठ २८ गतेदेखि, असार ११ गते एजीएम

Advertisement

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सले आगामी जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको बोनस शेयर वितरण तथा वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि ९ दिनसम्म बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले कम्पनीको रजिष्ट्रार कार्यालय विराटनगरमा असार ११ गते बुधबार एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। यसअनुसार जेठ २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन्।

उक्त निर्णय जेठ १७ गते बसेको कम्पनीको २४१औँ बैठकले गरेको हो ।

Advertisement

Advertisement

Advertisement