देवः विकास बैंकसँग गाभिन लागेको वेष्टर्न डेभलपमेन्ट बैंकको एजीएम असार १२ गते

Advertisement

काठमाडौं । देवः विकास बैंकसँग गाभिन लागेको वेष्टर्न डेभलपमेन्ट बैंकले आगामी असार १२ गते १३औँ वार्षिक साधारणसभा (एजीएम) बस्ने भएको छ । वेष्टर्नलाई देवः विकास बैंकले एक्वायर गर्न स्वीकृति प्रदान गर्ने र स्वाप रेसियो पारित गर्ने मुख्य एजेन्डासहित साधारण सभा हुन लागेको हो ।

सभाले वेष्टर्न डेभलपमेन्ट बैंकलाई देवः विकास बैंकले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई स्वीकृति दिने भएको छ । साथै, डीडीए रिपोर्ट(दायित्व मुल्यांकन प्रतिवेदन)का आधारमा सेयर स्वाप रेसियो १ः१ सेयर स्वाप रेसियोमा देवः ले एक्वायर गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

साथै, संस्थाको प्रस्तावित १४.७४ प्रतिशत नगद लाभांशलाई सभाले पारित गर्ने भएको छ । संस्थाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सो मात्रामा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । २०७५ असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी ५० करोड ४० लाख रुपियाँ रहेको थियो ।

बैंकले सभामा संस्थापक सेयरधनीको हिस्सा ५५.१७ प्रतिशत बाट घटाएर ५१ प्रतिशतमा लैजाने प्रस्ताव छ । देवः ले एक्वायर गर्ने सम्झौतामा हस्ताक्षर भएदेखि नै वेष्टर्नको सेयर कारोबार रोक्का रहेको छ ।

उक्त सभा सो दिन बिहान ११ बजे दाङ स्थित होटल सिटी प्लाजाको सभाहलमा हुनेछ । साथै, साधारणसभामा जाने प्रयोजनको लागि हाल बुक क्लोज भइरहेको यस संस्थाको आगामी असार २६ गतेसम्म बुक क्लोज हुने छ ।

Advertisement

Advertisement

Advertisement