जात्रै जात्राको दुई हप्ताको कमाई साढे ५ करोड ग्रस

Advertisement

काठमाडौँ । प्रदीप भट्टराईद्धारा निर्देशित फिल्म जात्रैजात्रा प्रर्दशनको तेस्रो हप्तामा प्रवेश गरेको छ ।

फिल्मले नेपाली मल्टिप्लेक्समा दोस्रो साता पनि सुखद कमाई गर्न सफल भएको छ। फिल्मले १४ दिनमा देशव्यापी ५ करोड ७० लाख ग्रस कमाइ गरेको छ । फिल्मको फुटफल र अकुपेन्सी दोस्रो सातामा समेत स्थिर रह्यो । एकल पर्दामा भने कमाइ राम्रो छैन । वितरकले ७ करोड दाबी गरिरहेका छन् । जुन प्रदर्शन, अकुपेन्सी र टिकट मूल्यको आधारमा सम्भव छैन । आगामी साता बलिउड फिल्म 'भारत' र हलिउडको 'एक्स–मेन' रिलिज हुने भएपछि जात्रै जात्रालाई चुनौति थपिनेछ ।

फिल्ममा बिपिन कार्की, बर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई लगायतका कलाकार रहेका छन् ।

Advertisement

Advertisement

Advertisement