प्रधानमन्त्री ओली युरोप भ्रमणमा जादै

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् ।

स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते प्रधानमन्त्री नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुन त्यसतर्फ जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement