चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी

Advertisement

काठमाडौं । नेपाल कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदमा सरिता लामिछानेले शनिबार उम्मेदवारी दर्ता गराएकी छन् ।

यही जेठ २५ गते हुने निर्वाचनका लागि लामिछाने र रवीन्द्र खड्काबीच प्रतिस्पर्धा हुने छ ।

लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुत्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

यस अघि गत चैत्र २३ गते हुने भनिएको चुनाव स्थगीत भएको थियो । तीन दशक लामो नेपाल कलाकार संघको ईतिहासमा १८ वर्ष अघि कलाकार बसुन्धरा भुसाल अध्यक्ष भएकी थिइन् । त्यसअघि र पछि पुरुषकै वर्चश्व र नेतृत्वमा चल्दै आएको संघको अध्यक्षमा उम्मेदवारी दिने सरिता दोस्रो महिला हुन् ।

Advertisement

Advertisement

Advertisement