काँग्रेसको छायाँ सरकारले ललीता निवासदेखि बुढीगण्डकीसम्म भएका भ्रष्टाचार खोज्छः देउवा

Advertisement

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको सरकारले आफ्ना निरङकुश गतिविधिहरु नसच्याए राणा र पञ्चायतको जस्तै पतन हुने चेतावनी दिएका छन ।

नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवा बिमानस्थलमा आइतबार गरेको पत्रकार भेटघाटमा देउवाले निरङकुश शासन धेरै टिक्न नसक्ने भन्दै कम्युनिष्ट सरकारको पनि राणा र पञ्चायत जस्तै हालत हुने बताएका हु । काँग्रेसका अगाडि कुनै पनि निरंकुश शक्ति टिक्न नसक्ने उनको तर्क छ ।

देउवाले राणा र पञ्चायततसँग शक्ति थिएन र ? तैपनि कांग्रेसकै नेतृत्वमा ढल्यो भन्दै निरंकुश गतिविधि नसच्याए ओली सरकारको हालत पनि त्यस्तै हुने बताए । उनले सरकारले निरंकुश शैली नसच्याए आन्दोलन गर्ने चेतावनी पनि दिए । न्यायालय, प्रेस र मानवअधिकार माथिको हस्तक्षेप र नियन्त्रणमुखी विधेयकले ओली सरकारको तानाशाही चरित्र छर्लङ्ग भएको देउवाको तर्क छ ।

सरकारले ललीता निवास प्रकारणसँगै बुढीगण्डकी जलविद्युत लगायतका आयोजनामा चरम भ्रष्टाचार गरेको र भ्रष्टाचारीलाई ढाकछोप गरिरहेको भन्दै देउवाले कांग्रेसले बनाएको छाँया सरकारका मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका कमीकमजोरी र सरकारका गलत क्रियाकलापका बिषयमा खोजी गरी सदनबाटै ती बिषयलाई उठान गर्ने बताए।

उनले काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने पनि जिकिर गरे । त्यसका लागि प्रक्रिया अघि बढिसकेको उनले दावी गरे । देउवाले भने, गुटको अन्त्य गरी एकता कायम गर्नु मेरो दायित्व र जिम्मेबारी हो। त्यसलाई पूरा गर्नेछु ।’ देउवाले बजेट जनताको हितका लागि नभइ नेकपाका नेता कार्यकर्ता पाल्न ल्याइएको बताए ।

Advertisement

Advertisement

Advertisement