संघीय संसदमा बजेटमाथिको छलफल आज पनि जारी

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ वार्षिक बजेटको विनियोजन शीर्षकमाथि संसदमा आजपनि छलफल जारी छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाको प्रस्तावमा आइतबारदेखि छलफल शुरु भएको हो । बैठकमा सांसदहरुले दलीय रूपमा धारणा राखिरहेका छन् ।

सत्तारुढ नेकपाका सांसदहरुले बजेटको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको भन्दै आलोचना गरेको छ ।

संसदमा उठेका प्रश्यनको अर्थमन्त्री डाक्टर खतिबडाले बुधबार जवाफ दिने कार्यक्रम छ । आगामी आर्थिक बर्षको बजेट संसदमा जेठ १५ गते सार्वजनिक गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement