प्रदेश ३ का मुख्यमन्त्री पौडेल गंगालाल अस्पताल भर्ना, मुटु परीक्षण गरिँदै

Advertisement

हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परीक्षणका लागि काठमाडौं शहिद गंगालाल राष्ट्रिय हृदयरोग रोग निवारण केन्द्रमा आईतबारबाट भर्ना भएका हुन् ।

अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उनको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

निकै सक्रिय दिनचर्या भएका पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेह भए पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना हुनुभएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ । मुख्यमन्त्री अस्पतालमा भर्ना भएसंगै एकहप्ताका लागि सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement