काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)लाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्न नेपाल राष्ट्र बैकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकबाट जारी ‘भुक्तानी सम्वन्धिकार्य गर्ने संस्था /संयन्त्रलाई प्रदानगरिने अनुमति नीति, २०७३’ बमोजिम नेप्सलाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्न बैंकले अनुमति दिएको हो ।
नेप्स, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी हो । यस कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ ।
यस कम्पनीको १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टर कार्ड जारी गर्नुको साथै एटिएम र पस सञ्जालको होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तीमा उल्लेख छ ।