कांग्रेस प्रवक्ताको प्रश्न– जम्मा ३० प्रतिशत रकम छुट्याएर कसरी देश विकास हुन्छ ?

Advertisement

पाल्पा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट विकासमुखी नभई वितरणमुखी भएको टिप्पणी गरेका छन् ।

प्रेस युनियन पाल्पा शाखाले सोमबार गरेको पत्रकार भेटघाटमा उनले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको बताए । सरकारले जनहित भन्दा पनि आफु अनुकुल बजेट ल्याएको प्रवक्ता शर्माको छ ।

कांग्रेस प्रवक्ता शर्माले प्रेसमाथि तरवार झुण्डाएर, मानवअधिकार आयोगलाई नियन्त्रणमा राखेर सरकारले अधिनायकवाद ल्याउने प्रपञ्च शुरु गरेको जिकिरसमेत गरे ।

‘विप्लव’ समूहले हत्या हिंसाको बाटो छोडेर शान्तिको राजनीतिमा आउनुपर्ने र सरकारले पनि विप्लवलाई निषेधको राजनीति गर्न नहुनेमा उनलेजोड दिएका थिए ।

Advertisement

Advertisement

Advertisement