औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण गरियो

Advertisement

धनकुटा । जिललाको आत्मारामा निर्माणाधीन लघु घरेलु औद्योगिक ग्राम प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको छ। उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको औद्योगिक ग्रामलाई उद्योग मन्त्री मातृका यादवले प्रदेश १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियतमार्फत् प्रदेश सरकारलाई स्वामित्व हस्तान्तरण गरेका हुन्।

उद्योग मन्त्रालय मातहतको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको संयोजनमा करिव ५२ रोपनी जग्गामा औद्योगिक ग्रामका संरचना निर्माण भइरहेको छ।

सुरुमा औद्योगिक व्यवस्थापन लिमिटेड काठमाडौंको नाममा रहेको यो जग्गा २०७३ माघको मन्त्रीपरिषद् वैठकले घरेलु कार्यालयको नाममा नामसारी भएपछि आर्थिक वर्ष ०७३/७४ देखि ग्रामको पूर्वाधार निर्माण काम अघि वढेको थियो। २०६८ सालमा डीपीआर हुँदाको लागत १२ करोड ९८ लाख रुपियाँ रहेको थियो।

Advertisement

Advertisement

Advertisement