नेपाल क्लियरिङ हाउस र युकेएडको सक्षमबीच साझेदारी हुने

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउस र युकेएडको सक्षमबीच साझेदारी हुने भएको छ । एनसीएचएलले युकेएडको सक्षम एसेस टे फाईनान्ससंग कनेक्टपिएस ईपेमेन्ट प्रणली लागू तथा विस्तार गर्न सेटलमेन गार्ड फन्ड विस्तार गर्न साझेदारी सम्झौता भएकोमा सोमवार एक कार्यक्रमको आयोजना गरेर औपचारिक घोषण गरिएको हो ।

उक्त पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।

उक्त परियोजना अन्तर्गत कनेक्टआईपिएस ईपेमेन्ट प्रणालीको प्रवर्द्धन गर्ने तथा त्यसको बारेमा सचेतना जगाउने र तालिम दिने, नेशनल पेमेन्ट ईन्टरफेस (एनपिआई) निर्माण गरी लागू गर्ने र सेटलमेन्ट ग्यारेन्टि फन्डक विस्तार गर्ने रहेको छ ।

यस कार्यहरुले नेपाल भरिका बैंक वित्तिय संस्थाहरु लगायत तीनका ग्राहकहरु, सरकारी तथा अर्ध(सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु, पिएसपि र पिएसओ लगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने बिश्वास लिइएको छ । यस परियोजनाले देशव्यापी रूपमा पिटुपि, पिटुजि, जिटुपि, जिटुवि, सिटुवि जस्ता कारोबारहरुलाई बृद्धि गरी डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement