सुनको मूल्य बढयो, यस्तो छ आजको कारोबार

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आईतबार र सोमबार ६१ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले बढेर ६१ हजार ७०० रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६१ हजार ४ सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ९ सय रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५२ हजार ६४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर सत सय १० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय नौ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement