चार लाख ५० हजार बराबरको ४५ बोरा अवैध सुर्ति नियन्त्रण

Advertisement

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १० बाँसघारीबाट अवैध सुर्ति नियन्त्रण गरिएको छ । जिल्ला प्रहरि कार्यालय र ट्राफिक कार्यालय उदयपुरबाट खटिएको टोलीले को १ ज २६९३ नम्बर बोलेरो पिकअप गाडीमा चेकजाँच गर्दा अवैध सुर्ति नियन्त्रण गरेका हो ।

प्रहरीले चेकजाँच गर्दा उक्त बोलेरोसहित चार लाख ५० हजार बराबरको ४५ बोरा राजश्व स्टिकर, राजश्व छलि, कागज पत्र समेत नभएको अबैध सुर्ति फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार बोलेरो चालक सुनसरी धरान उपमहानगरपालिका ११ बस्ने बर्ष २४ का दिपक नेपाली सोहि ठाउँ बस्ने सुर्ति साहु ३२ बर्षका मान बहादुर तामाङलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्व कार्यालय ईटहरी सुनसरीमा पठाईएका छ ।

Advertisement

Advertisement

Advertisement