हिमालयन हाइड्रोले २२ करोड पचास लाख रुपियाँ बराबरको आईपिओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । हिमालयन हाइड्रो पावरले २२ करोड पचास लाख रुपियाँ बराबरको  साधारण सेयर (आईपिओ) निष्काशन गर्न लागेको छ । कम्पनीले रु. १०० अंकित दरको २२ लाख ५० हजारकित्ता आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपियाँ बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ । मंगलबार आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ ।

सम्झौतामा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, हिमालयन हाइड्रो पावर लिमिटेडले आउँदो दशैँसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement