महाभुकम्प आउँछ भन्दै हल्ला फैलाउने ज्योतिष पक्राउ

Advertisement

काठमाडौँ । देशमा ठुलो भुकम्प आउछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ३६ वर्षिय अर्जुन क्षेत्री पक्राउ परेका छन्। उनी आफूलाई युवा ज्योतिषी दाबी गर्दै आएका थिए।

उनलाई महानगरीय प्रहरी परिसरले काठमाडौंको गौशालाबाट मंगलबार पक्राउ गरेको हो। उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए। विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने अफवाह समेत फैलाएका थिए।

Advertisement

Advertisement

Advertisement