वायुसेवा निगम मात्रै होइन, यो सरकारले देशै डुबाउन लाग्योः लेखक

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाल वायुसेवा निगम मात्रै नभएर यो सरकारले देशै डुबाउन लागेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले उनले भने, ‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ ।’ सरकारले ल्याएको बजेट अदुरदर्शी र भ्रमपूर्ण रहेको पनि लेखकले टिप्पणी गरे ।

उनले भने, ‘सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो । तर, सरकारले जुन उद्देश्य र नारा लिएको छ, यो उद्देश्य पूरा हुँदैन । यो बजेटले सरकारको उद्देश्य पूरा हुँदैन् ।’

वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको लेखकको आरोप छ । उनले भने, ‘सरकारले विकासको कुरा उधारो गरेको छ । यही तरिकाले समृद्धि आउँदैन् ।’ वर्तमान सरकारले साँढे दश महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ ? भनी लेखकले प्रश्न गरे ।

उनले संघीय सरकारले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई पुरै बेवास्ता र ठगेको पनि आरोप लगाए । फरक प्रसँगमा लेखकले नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएकोबारे टिप्पणी गर्दै भने, ‘जुन ढंगले यो विषय आएको छ, यसले चाहीँ स्थिरताको नारा, विकास र समृद्धिको नारा जनतालाई सुनाउन व्यर्थ शब्दावली राखिएको पुष्टि गरेको छ ।’

Advertisement

Advertisement

Advertisement