एसियन कप सन् २०२३ को आयोजना चीनले गर्ने

Advertisement

एजेन्सी । एसियाली राष्ट्रको सबैभन्दा ठुलो प्रतियोगिता एएफसी एसियन कप फुटबलको १८ औं संस्करण चीनमा आयोजना हुने भएको छ । फ्रान्सको पेरिसमा बसेको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को बैठकले एसियन कप चीनमा आयोजना गर्ने निर्णय गरेको हो ।

चीनमा आयोजना हुने एसियन कप सन् २०२३ मा हुनेछ । यसअघि चीनले सन् २००४ मा एसियन कप आयोजना गरेको थियो ।

चीनमा आयोजना हुने एसियन कपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । युएईमा सम्पन्न १७ औं संस्करणको प्रतियोगिताबाट २४ टोलीलाई सहभागिता गराउन थालिएको हो । युएई संस्करणको उपाधि कतारले जितेको थियो ।

Advertisement

Advertisement

Advertisement