सुनचाँदीको मूल्य बढयो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ६१ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तीन सय रुपियाँले बढेर ६२ हजार रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६१ हजार ७०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार १५५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५२ हजार ९०० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर सत सय १५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement