डिएभी कलेजले ‘वृहत बिज्ञान प्रर्दशनी’ आयोजना गर्ने

Advertisement

काठमाडौं । ललितपुरको डिएभी कलेजले विज्ञान सङ्काय दश जोड दुई अध्ययनरत विद्यार्थीहरूको ‘वृहत बिज्ञान प्रर्दशनी’ आयोजना गर्ने भएको छ । विद्यार्थीहरूको प्रतिभा, क्षमता र दक्षता उजागर गर्नु र कक्षा १० को बोर्ड परिक्षा दिएर बसिरहेका विद्यार्थीहरूलाई बिज्ञान तथा प्रविधि बिषयप्रति रुचि बढाउनु तथा ज्ञानको दायरालाई थप विस्तार गर्ने उद्देश्यले यही जेठ २४ गते शुक्रबार विहान सात बजेदेखि बेलुका पाँच बजेसम्म प्रदर्शनी हुने भएको हो ।

ललितपुरस्थित डिएभीको आफ्नै प्राङ्गणमा आयोजना हुने प्रर्दशनीमा करिब १० हजार विद्यार्थी, अविभावक, शिक्षक लगायतको उपस्थिति रहने अनुमान गरिएको छ । कलेजले संम्बन्धित सबै पक्षलाई सुचना गर्दै उक्त प्रर्दशनीबाट केहि जानकारी र ज्ञानवद्र्धक विषय बारे खोजी गर्न कलेजले अपिल समेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement