मापदण्ड विपरीत सञ्चालन भएका पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। कार्यालयले चालु आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको जनाएको छ।

कार्यालयले मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीदेवी, चुच्चेपाटी फ्युल सेन्टर चाबहिल, भद्रकाली आयल स्टोर गोठाटार, न्यू बङ्गलामुखी आयल स्टोर्स सानोभर्‍याङ र भीमसेन बेकरी उद्योग काभ्रेपलाञ्चोकविरुद्ध मुद्दा चलाएको कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले जानकारी गराए। नापतौलको मापदण्ड विपरीत सञ्चालन भएकाले कारवाहीका लागि मुद्दा दायर गरेको उनले बताए।

Advertisement

Advertisement

Advertisement