पत्रिका, पुस्तक र ब्रोसर आयातमासमेत १० प्रतिशत भन्सार लाग्‍ने

Advertisement

काठमाडौं । विदेशबाट आयात गरिएका पुस्तक, पत्रिका र ब्रोसर आयातमा समेत १० प्रतिशत भन्सार लाग्‍ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा विदेशबाट नेपालभित्र पैठारी हुने सबै किसिमका पुस्तक र विवरण पत्रिकाहरुमा १० प्रतिशत भन्सार महसुल लाग्‍ने उल्लेख गरिएको छ ।

खतिवडाले बजेट कार्यान्वयन गर्न संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा आयात हुने सम्पुर्ण पुस्तक, लिफलेट तथा पत्रपत्रिकामा समेत भन्सार लगाएको हो । विधेयकमा एकहोरो पाता भएको वा नभएको मुद्रित किताबहरु, विवरण पत्रिका, ब्रोसर, पर्चा वा लिफ्लेट, पत्रिका वा यस्तै मुद्रित सबै वस्तुमा अनिवार्य भन्सार लगाइएको छ ।

जसअनुसार विदेशबाट आयात हुने सम्पूर्ण पुस्तकहरुको बिक्री मूल्यमा वृद्धि हुनेछ । यसैबीच सरकारले गरेको भन्सार प्रस्तावको पुस्तक व्यवसायीहरुले विरोध गरेका छन् ।

उनीहरुले पुस्तकको मूल्य बढ्दा पुस्तक व्यवसायमा नकारात्मक असर पर्ने र यस व्यवसायको मान, मर्यादा र इज्जतमा समेत ठूलो धक्का लाग्ने सम्भावना देखिएको दाबी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement