सरकारले मानव संशाधनको विकासलाई प्राथमिकतामा राखेर बजेट बृद्धि गरेको छः अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताएका छन् । भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

सरकारले मानव संशाधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गतवर्षको तुलनामा बजेट बृद्धि गरेको बताए ।

अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि बताए । उनले तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकार मानव संशाधनको विकासमा केन्द्रित भएको दाबी गरे ।

Advertisement

Advertisement

Advertisement