पशुपतिनाथमा भक्तजनले नौ किलो सुन चढाए

Advertisement

काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले नौ किलो सुन चढाएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा २०१९ देखि २०७५ सालसम्ममा भक्तजनले नौ किलो दुई सय ७६.६४ ग्राम सुन चढाएको पाईएको हो ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समितिको प्रतिवेदनले नौ किलो दुई सय ७६.६४ ग्राम सुनसँगै तीन सय १६ किलो पाँच सय ८६ ग्राम चाँदी रहेको खोजी गरेको हो ।

२०१९ देखि २०६८ सालसम्म आठ किलो दुई सय ३२ ग्राम सुन र एक सय ७५ किलो चार सय ५८ ग्राम चाँदी मुल ढुकुटीमा दाखिला भएको देखिएको थियो।

प्रतिवेदनमा २०६८ चैतमा पशुपति क्षेत्र विकास कोष ऐन र नियमावली आएपछि सुन र चाँदी थपिएको देखिएको छ। जसअनुसार, २०५९ देखि २०७५ सम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणमा एक हजार ४४.६४ ग्राम सुन र एक लाख ४१ हजार एक सय २८.७५ ग्राम चाँदी थपिएको हो।

Advertisement

Advertisement

Advertisement