ओम डेभलपमेन्ट बैंकलाई गाभ्न असफल भएको प्राइमले अब कन्काईलाई गाभ्ने

Advertisement

काठमाडौं । ओम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रिया अघि बढेर पनि प्रक्रिया रद्द भएपछि अलमलमा रहेको प्राइम बैंकले कन्काई डेभलपमेन्ट बैंकलाई मर्जरका लागि सहमति सफल भएको छ ।

प्राइमले बुधबार कार्यक्रम गरी कन्काईलाई प्राप्ति गर्नेसम्वन्धी सम्झौता गर्यो । पुँजी वृद्धिको योजनामा पछि पर्दै आएको प्राइमलाई मर्जरका लागि दबाब दिँदै आएको छ । कन्काईलाई प्राप्ति गर्ने सहमतिपत्रमा प्राइम बैंकका सञ्चालक समिति अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका सञ्चालक समिति अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरे ।

ओमसँगको एकता भाँडिएपछि राष्ट्र बैंककै पहलमा कन्काईलाई मर्जरका लागि सहमति गराउने काम भएको प्राइमका पदाधिकारीहरुले स्वीकारेका छन् । कन्काईका ग्रामिण क्षेत्रमा शाखाहरु बढि रहेका छन् । उसलाई प्राप्ति गरेपछि प्राइमको शाखा संख्या बल्ल ८९ पुगेको छ । प्राइमका अध्यक्ष श्रेष्ठले मर्जर प्रक्रियालाई जतिसक्दो छिटो सम्पन्न गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement