ईदको अवसरमा कतार एयरवेजले गर्यो अनाथालयका बालबालिकाका लागि मनोरञ्जनात्मक कार्यक्रम

Advertisement

काठमाडौं । ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डर प्रिभिललेज्ड् चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (युसीइपी) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होम गरी काठमाडौंका चार अनाथालयका १०० बालबालिकाहरुका लागि विशेष कार्यक्रम आयोजना गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा पनि सहभागी थिइन् । कार्यक्रममा जादु प्रदर्शन, फेस–पेन्टिङ, बाउन्सी क्यासल जस्ता विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधि भएका थिए । मन्त्री थापाले बालबालिकालाई उपहार पनि प्रदान गरेको कतार एयरवेजले जनाएको छ ।

नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले भने– ‘ईदको पवित्र अवसरमा कतार एयरवेजको यस कार्यक्रममार्फत यी बालबालिकाको अनुहारमा खुसी ल्याउन पाएकोमा हामी निकै खुसी छौँ । कतार च्यारिटीसँगको सहकार्यमा सञ्चालित यस अभियान नेपाली समुदायलाई सेवा गर्ने हाम्रो प्रतिबद्धताको एक उदाहरण पनि हो । यी अनाथालयका बालबालिकाका लागि यति गर्ने अवसर प्राप्त गर्दा हामी अत्यन्तै कृतज्ञ पनि छौँ ।’

Advertisement

Advertisement

Advertisement