सुनको मूल्य बढ्ने क्रम जारी नै, यस्तो छ आजको बजार भाउ

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ६१ हजार ६२ रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तीन सय रुपियाँले बढेर ६२ हजार ३०० रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६२ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार ४१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५३ हजार १६० रुपियाँ कायम गरेको छ ।

united

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर ७१५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।