काठमाडौंको बिजुली बजारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । साइकललाई ठक्कर दिएको बा ४१ प ५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरचालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना आज बिहान साढे चार बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।

Advertisement

Advertisement

Advertisement