अमेरिकासंग सम्बन्ध विच्छेद भएपछि हुवावेले फाइभजीका लागि रुसी कम्पनीसँग गर्यो सम्झौता

Advertisement

चीन । अमेरिकासंग सम्बन्ध विच्छेद भएपछि चीनको टेलिकम कम्पनी हुवावेले फाइभजीका लागि रुसी कम्पनीसँग गर्यो सम्झौता गरेको छ । हुवावेले फाइभजी सेवा विकासको लागि रसियाको टेलिकम कम्पनी एमटीएससँग सम्झौता गरेको हो । सो कम्पनीले फाइभजी नेटवर्कको अर्को जेनेरेसन आगामी वर्षसम्ममा सञ्चालन गर्ने जनाइएको छ ।

सो सम्बन्धी सम्झौता चीनका राष्ट्रपति सी जीनपिङको तीन दिने मस्को भ्रमणका क्रममा भएको हो । अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले भने राष्ट्रिय सुरक्षामा खतरा भन्दै हुवावेलाई प्रतिबन्ध लगाएका छन् ।

Advertisement

Advertisement

Advertisement