विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ । सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने जानकारी दिए ।

उक्त विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा. खतिवडाले कृषि क्षेत्रको विकासका लागि सरकारले रासायनिक मल आयातलाई थप सहज बनाउन लागिपरेको बताए । रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले सरकार–सरकार (जिटुजी) अवधारणामा काम गर्ने तयारी गरेको समेत उनको भनाइ थियो । अर्थमन्त्रीले बजेट मौलिक हक कार्यान्वयन गर्ने गरी तय गरिएको जानकारी दिए ।

विधेयकमाथि सांसद प्रेम सुवाल, पार्वती डिसी चौधरीलगायतले बोल्नुभएको थियो । त्यसअघि डा खतिवडाले ‘विनियोजन विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौंँ संशोधन) विधेयक, २०७६’ प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।

Advertisement

Advertisement

Advertisement