खानेपानी मन्त्री भन्छिन्– मेलम्चीले खुट्टा टेकिसक्यो, काठमाडौंवासीको घरमा अबश्य पानी आउँछ

Advertisement

दाङ । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं ल्याउने काम अघि बढिरहेको भन्दै चाँडै भन्दा चाँडै काठमाडौंवासीको घरमा यो पानी पुर्याउने बताएकी छन् ।

रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा मगरले भनिन्, ‘मेलम्चीले खुट्टा टेकिसकेको छ, अब अवश्य अघि बढ्नेछ ।’ मेलम्चीको पानीको बिषयमा काठमाडौंवासीको मात्रै नभएर देशभरमा चासो बढिरहेको भन्दै उनले

मन्त्री मगरले देशभर खानेपानीको समस्या रहेको भन्दै यो समस्यालाई समाधान गर्न मन्त्रालय लागिरहेको बताईन् । उनले बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम निर्माण गरेर दाङको खानेपानीको समस्या समाधान गर्न सकिने बताइन् । संविधानले खानेपानीलाई मौलिक अधिकारमा राखेको भन्दै उनले सबै नागरिकमा खानेपानीको पहुँच अभिबृद्धि गर्नका लागि बजेट पनि बर्षेनी बढ्दै गएको बताइन् ।

अझै पनि नेपालका ८८ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्न नसकेको मगरले खुलासा गरिन् । यसलाई सन २०३० सम्म शून्यमा झार्नुपर्ने चुनौती रहेको उनले बताइन् । मगरले खानेपानीका थुप्रै आयोजनाहरु भए पनि ती आयोजना सम्पन्न गर्न प्रयाप्त रकम नभएको बताउँदै उपभोक्ता समितिले सरकारको खानीपानी पुर्याउने काममा सहयोग गरेको बताइन् ।

Advertisement

Advertisement

Advertisement