यस्तो छ आजको मौसम पूर्वानुमान

Advertisement

काठमाडौं । आज शुक्रवार देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भुभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि मुलुकभर सामान्य बादल लाग्ने स्थिति देखिएको छ । पश्चिमी, मध्ये तथा पूर्वीभेगको केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने संभावना छ।

Advertisement

Advertisement

Advertisement