‘भारत’ ले सलमानको रेकर्ड नै तोड्यो, दुई दिनको कमाई ७३ करोड

Advertisement

‘भारत’ ले तोड्यो सलमानकै रेकर्ड, दुई दिनको कमाई ७३ करोड

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ ले बक्सअफिसमा धूम मच्चाएको छ । इदको अवसर पारेर पर्दशनमा आएको फिल्मले पहिलो दिन नै रेकर्डतोड व्यापार गरेको छ ।

तरण आदर्शका अनुसार, फिल्मले पहिलो दिन भारतमा मात्र ४२ करोड ३० लाख र दोस्रो दिन ३१ करोडको व्यापार गरेको छ । भारतको दुई दिनको कमाई ७३ करोड ३० लाख रहेको छ । यो फिल्म २०१९ को बलिउडको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । पहिलो नम्बरमा‘ हलिउड फिल्म एभेन्जर्स इन्ड गेम रहेको छ । यसले भारतमा पहिलो दिन ५३ करोड़ कमाएको थियो ।

‘भारत’ लाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । सलमानसँगै फिल्ममा कटरीना कैफ, दिशा पटानी, नोरा फतेही, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोवरलगायतका कलाकारहरुको अभिनय छ ।

सलमानको करिअरको सबैभन्दा धेरै कमाउने फिल्म ‘प्रेम रतन धन पायो’ पहिलो दिनको बक्सअफिस कलेक्सन समेत ‘भारत’ ले तोड्न सफल भएको छ । यो फिल्मले ४० करोड ३५ लाखको व्यापार पहिलो दिनमा गरेको थियो ।
यो फिल्म भारतसँगै ७० देशमा लगभग १३ सय स्क्रिनमा एकसाथ रिलिज भएको छ ।

‘भारत’ लाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । सलमानसँगै फिल्ममा कटरीना कैफ, दिशा पटानी, नोरा फतेही, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोवरलगायतका कलाकारहरुको अभिनय छ ।

Advertisement

Advertisement

Advertisement