आइतबार सार्वजनिक विदा

holiday

काठमाडौं । सरकारले जेठ २६ गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने भएको छ । आइतबार भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको हो ।

उक्त दिन राष्ट्रका राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याईएको छ । मच्छेगाउँ, सतुङ्गल, कीर्तिपुर, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पुर्याएका हुन् ।

रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ ।