बारामा ग्यास सिलिण्डर पड्किँदा सात जना घाईते, एकको अवस्था गम्भिर

Advertisement

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा सात जना घाईते भएका छन् । स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका चार सहित सात जना घाईते भएका हुन् ।

घाईते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भैरहेको छ ।अस्पताल श्रोतका अनुसार एकको अवस्था गम्भिर भएको जनाईएको छ ।

सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा सो दुर्घटना भएको जनईएको छ । घाईते भएका अन्यको पहिचान हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement