गर्मी मौसममा खानुहोस् यी पाँच फलफूल

Advertisement

काठमाडौँ । गर्मी मौसम सुरु भएसंगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ । गर्मीका बेला शरीरमा पानीको पनि कमी हुने हुनाले फलफूलको बढी सेवन लाभदायक मानिन्छ ।

१) खरबुजा
यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै यसमा हुने तत्वले पेटसम्बन्धी समस्या ९ग्याँस्ट्राइटिस, कब्जियत० बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।

२) आँप
आँपलाई फलफूको राजा भनेर चिनिन्छ । आँप खानु स्वास्थ्यका दुष्टिकोणले लाभदायी हुन्छ । यसले शरीरमा शक्ति पैदा गर्छ र आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।

३) लिची
गर्मी मौसममा पाइने फल मध्ये लिची पनि एक हो । यो बिशेष गरी ग्रीष्म ऋतुमा मात्र पाइन्छ । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।

४) मेवा
मेवा पेटको लागि अत्यन्तै फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको मेवामा प्रयाप्त मात्रामा बीटा क्यारोटिन, भिटामीन, फाइवर र पोटासियम पाइन्छ । मेवामा पाइने भिटामीन ए ले आँखामा तेजिलो पन ल्याउनुका साथै रगत सफा गर्ने बताइन्छ । महिलाको लागि विशेष मानिन्छ मेवा । मेवा सेवनका कारण छालामा विशेष निखारता ल्याउछ ।

५) काँक्रा
काँक्रमा ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले गर्मी मौसममा यसको सेवन गर्नु उपयुक्त हुन्छ । यसको सेवनले शरीरको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाइ राख्न मद्दत गर्छ र शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

Advertisement

Advertisement

Advertisement