अमेरिकी आर्थिक वृद्धिदरमा सामान्य सुधार, ‘सन् २०२० मा भने गिरावट आउने अनुमान’

Advertisement

वासिङ्टन । अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ । यद्यपि यो चीन(अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’ को अभावका कारण छायाँमा पर्नसक्ने मुद्रा कोषले बताएको छ ।

मुद्रा कोषले सन् २०१९ का लागि अमेरिकाको कुल ग्राहस्थ उत्पादनका लागि गरेको प्रक्षेपणमा केही सुधार देखिएको र २।६ प्रतिशत पुग्ने बताइएको छ । अर्थात् अप्रिलमा गरिएको अनुमानको तुलनामा तीन दशांश वृद्धि भएको छ । तर मुद्रा कोषले अमेरिकी अर्थतन्त्रको बार्षिक मुल्याङ्कन गर्दै आगामी सन् २०२० का लागि अमेरिकी आर्थिक वृद्धिमा सामान्य गिरावट आई दुई प्रतिशतमा झर्नसक्ने अनुमान गरेको छ ।

मुद्रा कोषका अनुसार अमेरिकी ऋणको अनुपात बढ्दो रहने र वृद्धिदरमा असमानता देखिने चेतावनी दिएको छ । मुद्रा कोषले अमेरिका लगायत विश्व अर्थतन्त्रमा देखिएको प्रभावलाई मध्यनजर गर्दै चीन–अमेरिका व्यापार विवादलाई समयमै समाधान गर्नसमेत भनेको छ ।

Advertisement

Advertisement

Advertisement