मुक्तिनाथ विकास बैंकद्धारा व्यवसायिक साक्षरता तालिम

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुलाई एक दिने साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाडौंमा सम्पन्न गरेको हो ।

व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो ।

बैंकले देशैभरी एक सय १९ वटा शाखा, २२ वटा एटिएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement