चुतौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

Advertisement



















काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित मेगा नेशनल कलेजको आयोजनामा व्यवस्थापन र प्रविधिमा देखिएका सम्भावना र चुनौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ । मेगा नेशनल कलेजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी दिएको हो ।





















यही जेठ २५ र २६ गते कलेज परिसरमा चल्ने सम्मेलनमा दुई हजार दुई सय विद्यार्थी सहभागी हुनेछ ।सम्मेलनमा अमेरिका, जर्मन, बेलायत, भारत, चीन, कोलम्बिया, फ्रान्सलगायत राष्ट्रका प्रतिष्ठित प्राध्यापक र अध्येताहरुको पनि सहभागीता हुनेछ ।

कलेजका क्याम्पस प्रमुख डा। घनश्यामप्रसाद साहले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विद्यार्थीहरुका लागि उपयोगी हुने बताए । व्यवस्थापन र प्रविधिको क्षेत्रमा संसारभर भए गरेका अभ्यासबारे जानकारी लिन, नेपालको अनुभव आदानप्रदान गर्न तथा व्यवस्थापनमा रुचि रहेका विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्न सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास रहेको क्याम्पस प्रमुख साहको भनाइ छ । कलेजले आयोजना गर्ने यस खालको सम्मेलनबाट विद्यार्थीलाई आगामी दिनका लागि अनुसन्धान कार्यका लागि सहयोग पुग्ने उनले बताए ।






























Advertisement

Advertisement

Advertisement