प्रधानमन्त्री ओली युरोप यात्रामा निस्किए, एक सातापछि मात्रै फर्किने

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली ९ दिने लामो युरोप यात्रामा निस्केका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को कार्यक्रममा सहभागी हुन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रमा सहभागी हुने भन्दै ओली युरोप यात्रामा जम्बो टोली लिएर निस्किएका हु्न् ।

शनिबार युरोप प्रस्थान गर्दा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका नेता सुवाश नेम्वाड.लगायतका नेता विदाई गर्न त्रिभुवन विमानस्थल पुगेका थिए । ओलीको युरोप यात्राको चाँजोपाँचो उनका प्रमुख सल्लाहकार विष्णु रिमालले मिलाएका हुन् । श्रमिकको नेताको रुपमा समेत चिनिएका उनले आईएलओको कार्यक्रममा सहभागी हुने भन्दै ओलीलाई एक साताभन्दा बढि लामो समय युरोप घुमाउन लागेका हुन् ।

ओलीका साथ दुई मन्त्री, सल्लाहकारहरु, परराष्ट्र र श्रम मन्त्रालयका अधिकारी, सांसद, श्रम क्षेत्रका अगुवाहरुसमेत युरोप भ्रमण गर्दैछन् ।

Advertisement

Advertisement

Advertisement