राष्ट्र बैंकले चार अर्ब नौ करोडको ट्रेजरी बिल बिक्री गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः चार अर्ब नौ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । भोलि सोमबार राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिक्री गर्न लागेको हो ।

ट्रेजरीको बोलकबोल सोमबार हुने भए पनि मंगलबार मात्रै जारी हुनेछ । राष्ट्र बैंकले ९१ दिने दुई अर्ब २६ करोडको र एक वर्ष अवधिको एक अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्न लागेको हो । ९१ दिने ट्रेजरी भदौ २४ मा परिपक्व हुनेछ भने एक वर्ष अवधिको ट्रेजरी ०७७ जेठ २७ मा परिपक्व हुनेछ ।

ट्रेजरी खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउने छन् । अनलाइन बिडिङ प्रणालीबाट बिक्री हुन लागेको ट्रेजरी राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले बिक्री गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement