हिमाल-दोलखा आईपीओमा मंगलबारसम्म आवेदन दिन सकिने

Advertisement

काठमाडौं । हिमाल-दोलखा हाइड्रोपावर कम्पनीको आइपीओमा छिटोमा जेठ २८ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । यस समयमा सबै बिक्री नभएमा असार १३ गतेसम्म पनि आवेदन खुला रहनेछ ।

हिमाल दोलखाले एक सय रुपियाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमा आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

हिमाल दोलखाले हाल जारी पुँजी एक अर्ब ६० करोड रुपियाँको १० प्रतिशत सेयर स्थानीयका लागि जारी गरेको हो । यसमा सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

लगानीकर्ताले लक्ष्मी बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सेन्चुरी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एसबीआई बैंक  र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ ।

Advertisement

Advertisement

Advertisement