पोखरामा पनि ठूलो खानेपानी आयोजना शुरु हुँदै, मेलम्चीकै ताल हुने होकी ?

Advertisement

काठमाडौं । मेलम्चीपछिको ठुलो आयोजना निर्माण कार्य पोखरामा शुरु हुने भएको छ । यो पोखराको खानेपानीको क्षेत्रमा अहिले सम्मकै ठूलो आयोजना हो। हाजमा एन्दो कर्पोरेसन कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपियाँमा उक्त आयोजनाको ठेक्का लिएको हो ।

खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास यही जेठ २८ गते गर्ने कार्यक्रम छ । पोखराका स्थानीयलाई सहज गराउन र पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले शुरु हुन लागेको  छ । खानेपानी मन्त्रालयको उपत्यका बाहिर शुरु हुन लागेको मेलम्ची खानेपानी आयोजना नै अन्योलमा परेको बेला फेरी दोस्रो ठूलो आयोजना निर्माण हुँदैछ । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ ।

जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो । जसमध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो ।

अबको तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपियाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको हो । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको संस्थानले जनाएको छ ।

दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ ।

पोखराको पस्र्याङ, फूलबारी र कोल पाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको छ। पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement