चितवनमा बस र ट्याङ्कर जुध्दा १८ घाइते

Advertisement

चितवन । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

Advertisement