आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा, रुचाल ‘म्यान अफ द म्याच

Advertisement

विदुर । जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउँदै संकटा क्लबले जित हासिल गरेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीलाई २–० ले हराउँदै क्लवले जीत निकालेर सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पटक पटक मौका खेर फाल्दा आर्मी प्रतियोगिताबाटै बाहिरिनु परेको हो ।

खेलको पहिलो हाल गोलरहित बराबरीमा टुँगिए पनि दोस्रो हाफमा संकटा लक्ष्मण रुचालले पहिलो गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । गोल खाएपछि आर्मीले लगातार संकटाको पोष्टमा आक्रमण गरे पनि गोल गर्न सकेन् । थप समयको तेस्रो मिनेटमा संकटाको लागि रुचालले पुनः अर्को गोल थपेर जित सुनिश्चित गराए ।

आजको खेलमा २ गोल गरेका रुचाल म्यान अफ दि म्याच पनि घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग भिड्नुपर्नेछ । प्रतियोगिता अन्तर्गत आइतबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन ।

Advertisement

Advertisement

Advertisement