५५ करोडको आइपीओ निष्काशन गर्दै दोर्दी खोला

Advertisement

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले ५४ करोड ९६ लाख ६९ हजार ६०० रुपियाँ बराबरको साधरण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । दोर्दी खोलाले निष्काशन गर्ने एक सय रुपियाँ अंकित दरमा ५४ लाख ९६ हजार ६९६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

उक्त आयोजनालाई रेटिङ्ग कम्पनी इक्राले औसतभन्दा तल आधार जनाउने ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ। हालसम्म कम्पनीले साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृत पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ ।

आईपीओ बिक्रीबाट संकलित हुने रकम कम्पनीले लम्जुङमा निमार्ण गर्ने १२ मेगावाट क्षमताको दोर्दी १ आयोजना निमार्णमा उपयोग गर्ने उल्लेख छ।

कम्पनीले आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपियाँ ८० पैसा र हिउँदमा ८ रुपियाँ ४० पैसामा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेकको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

कम्पनीले निमार्ण गर्ने आयोजनाको कुल लागत २ अर्ब २९ करोड २० लाख रुपियाँ लाग्ने अनुमान छ । जसको प्रतिमेगावाट लागत १९ करोड ११ लाख रुपियाँ पुग्ने देखिन्छ । दोर्दी खोला जलविद्युत कम्पनीको २०१० मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो । हाल यसको चुक्ता पुँजी ७५ करोड ९० लाख रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement