उदयपुरमा १३ वर्षिय बालिका बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ

Advertisement

उदयपुर । उदयपुरमा १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बस्ने अन्दाजी ३६ वर्षिय देव कुमार राई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

खोटाङको खोटेहाङ गाउँपालिका दिप्लुङ घर भई हाल चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा दिदी भिनाजुको बस्दै आएकी १३ वर्षिय बालिकालाई राईले ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढा मगरले जानकारी दिए ।

राईले जबरजस्ती करणी गरेर बसमा भाग्दै गरेको अवस्थामा सिरहाको मिर्चैया एरियाबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा जबरजस्ती करणीको मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement