सुजुकीले ल्यायो ‘सुपर क्यारी’मा विशेष अफर

Advertisement

काठमाडौं । सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्स तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ ।

कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्दा ग्राहकलाई एक वर्षको निःशुल्क बीमा तथा २० हजार नगद छुट प्रदान गरेको छ । कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीले नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुबिधा उपलब्ध गरेको छ । जसअन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास स्ड्युलअनुसार पर्ने जनाइएको छ ।

बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रहेको छ । कम्पनीअनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिने जनाइएको छ ।

७९३ सिसीको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ विएचपी को ३५०० आरपिएम तथा २००० आरपिएमको अधिकतम ७५ एनएमको टर्क विद्यमान छ । अराईअनुसार यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दुरी तय गर्ने कम्पनीको दावी छ ।

सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एमएमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ ह्वील, मोबाइल चार्जिङ सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदि जस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरु हुन् ।

Advertisement

Advertisement

Advertisement