महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

Advertisement

ललितपुर । महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी वितरण गर्दै आएको छ । यसै सिलसिलामा ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले तीन दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको थियो यसै सिलसिलामा “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको पाँच तारिख देखि सात तरिख सम्म सञ्चालित थियो । तीन दिनमा यस सर्भिस क्याम्पमा लगभग एक सय वटा जति गाडीहरुको सर्भिसिङ्ग गरिएको थियो ।

दक्ष प्राविधिकहरुद्वार परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएको थियो । विद्युतीय सवारीसम्बन्धी समेत जानकारी प्रदान गरिएको यस सर्भिस सेन्टरमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अग्निले विक्री पछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनी बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

Advertisement

Advertisement

Advertisement