मालसामान ढुवानी गर्ने साधन दिउँसो चल्न नदिने सरकारको निर्णयप्रति चेम्बरको आपत्ति

Advertisement

काठमाडौं । ट्राफिक व्यवस्थापनमा सहज गर्ने भन्दै मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाइएकोमा नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।

चेम्बरले आइतबार यस विषयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको ध्यानकर्षण गरायो । यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा असर पुग्ने चेम्बरको भनाई छ ।

मन्त्रालयले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेक अन्य मालबहाक ढुवानीका साधन सञ्चालनमा असार १ देखि रोक लगाउने निर्णय गरेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सवारी आवागमन सञ्चालनमा सहज तुल्याउन सडक निर्माण, विस्तार तथा मर्मत गर्ने एवं अन्य पूर्वाधार विकास गर्ने, प्रविधिमा सुधारजस्ता वैकल्पिक व्यवस्था गर्न सुझाव दिए ।

Advertisement

Advertisement

Advertisement